सुदूरपश्चिममा आज बिसु पर्व मनाइँदैः टाढिएका सम्बन्ध जोड्ने

धनगढी | वर्ष दिनकी एकै बिसुः बिसुकी घरै नाई’ भन्ने सुदूरपश्चिममा प्रचलित लोककथनले बिसु पर्वको सामाजिक, सांस्कृतिक र भावनात्मक महत्वलाई स्पष्ट रूपमा झल्काउँछ।

__________ बिज्ञापन____________

 

वर्षभरि देशविदेशमा रहेका आफन्त एकदिन भए पनि घर फर्कनैपर्ने मान्यताका कारण यतिबेला सुदूरपश्चिमका गाउँबस्तीमा चहलपहल र उत्साह बढेको छ। सुदूरपश्चिमका सीमानाकामा बिसु पर्व मनाउन घर फर्कनेहरूको घुइँचो बढेको छ। जहाँ भारतबाट फर्कनेमध्ये पहाडी क्षेत्रका बासिन्दाको सङ्ख्या उल्लेख्य छ।

नयाँ वर्षको सुरुवातसँगै वैशाख १ गते मनाइने बिसु पर्व केवल चाड मात्र नभई पारिवारिक पुनर्मिलन, सामाजिक एकता र सांस्कृतिक निरन्तरताको प्रतीकका रूपमा स्थापित हुँदै गएको छ। रोजगारी, अध्ययन वा अन्य कारणले देशविदेशमा रहेकाहरू यो पर्व मनाउनका लागि घर फर्कने परम्पराले गाउँघरमा विशेष रौनक थपेको स्थानीय बताउँछन्।

 

बिसु पर्वका अवसरमा नयाँ लुगा लगाउने, आफन्त र परिवारसँग भेला भएर मिठोमसिनो परिकार खाने तथा वर्षभरिका सुखदुःख साटासाट गर्ने चलन रहिआएको छ।बिसुलाई वर्षभरिका चाडपर्वहरूको समापन र नयाँ वर्षको स्वागत गर्ने दिनका रूपमा लिने गरिएको छ।

यही कारण बिसु सुदूरपश्चिमको मौलिक पहिचान बोकेको महत्वपूर्ण पर्वका रूपमा स्थापित भएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

यो पनि पढ्नुहोस

जबरजस्ती कारणी मुद्दामा फरार कञ्चनपुरका एक जना १८ वर्षपछि पक्राउ
दलित महिलाको दृष्टिकोणबाट गौरीगंगाको नीति, कार्यक्रम र बजेटमाथि अन्तरक्रिया सम्पन्न
सुदूरपश्चिम प्रदेशका वन उपभोक्ता समूहहरू आन्दोलित
डडेल्धुरामा ‘डोट्याली सङ्ग्रहालय’ स्थापना
कञ्चनपुरमा जातीय विभेदको आरोपमा एक जना पक्राउ
आशा भोसले : नेपाली संगीतप्रति हुरुक्कै, नारायणगोपाल फेभरेट
महेन्द्रनगरमा दुई पसलमा चोरी, तीन जना पक्राउ
तटस्थ रहेर काम गर्ने सभामुख अर्यालको प्रतिबद्धता
धनगढीबाट लागुऔषधसहित २ जना पक्राउ
0
Would love your thoughts, please comment.x
()
x