महेन्द्रनगरमा दुई पसलमा चोरी, तीन जना पक्राउ

धनगढी । कञ्चनपुरमा चोरीको आरोपमा तीन जना पक्राउ परेका छन्।  चैत २२ गते राति करिब १:१७ बजे जिल्लाको भीमदत्त नगरपालिका–४, महेन्द्रनगरस्थित मदनचोकमा रहेका दुई वटा पसलमा चोरी भएको घटना प्रहरीले तीन जनालाई पक्राउ गरेको हो।

__________ बिज्ञापन____________

प्रहरीका अनुसार दीपकबहादुर ठकुराठीले सञ्चालन गरेको ‘फ्यामस चाउमिन सेन्टर’को सटरको ताला तोडी गल्लामा राखिएको नगद ३६ हजार रुपैयाँ चोरी गरिएको थियो। त्यसैगरी ललिता जोशीले सञ्चालन गरेको ‘रोशनी सु–सेन्टर’बाट पनि सटर फोडी नगद ३० हजार रुपैयाँ चोरी गरिएको थियो।

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली खटिएर अनुसन्धान थालेको थियो। सो क्रममा चोरीमा संलग्न परिवर्तित नाम २०८२/०८३(७५)५०(A), २०८२/०८३(७५)५०(B) र २०८२/०८३(७५)५०(C) गरी तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

यो पनि पढ्नुहोस

जबरजस्ती कारणी मुद्दामा फरार कञ्चनपुरका एक जना १८ वर्षपछि पक्राउ
सुदूरपश्चिममा आज बिसु पर्व मनाइँदैः टाढिएका सम्बन्ध जोड्ने
दलित महिलाको दृष्टिकोणबाट गौरीगंगाको नीति, कार्यक्रम र बजेटमाथि अन्तरक्रिया सम्पन्न
सुदूरपश्चिम प्रदेशका वन उपभोक्ता समूहहरू आन्दोलित
डडेल्धुरामा ‘डोट्याली सङ्ग्रहालय’ स्थापना
कञ्चनपुरमा जातीय विभेदको आरोपमा एक जना पक्राउ
आशा भोसले : नेपाली संगीतप्रति हुरुक्कै, नारायणगोपाल फेभरेट
तटस्थ रहेर काम गर्ने सभामुख अर्यालको प्रतिबद्धता
धनगढीबाट लागुऔषधसहित २ जना पक्राउ
0
Would love your thoughts, please comment.x
()
x