कार्यालयमै ‘फर्जी भत्ता काण्ड’ : अस्वीकार गरेपछि उपसचिवको सरुवा

धनगढी । सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गत मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमै कर्मचारीहरूले फर्जी विवरण पेश गरी अतिरिक्त भत्ता लिने गरेको गम्भीर आरोप सार्वजनिक भएको छ। कार्यालय समयमै सम्पन्न भएका बैठकलाई अतिरिक्त समयमा बसेको देखाएर कागजी प्रक्रिया मिलाई भत्ता असुल्ने गरिएको तथ्य बाहिर आएको हो।

__________ बिज्ञापन____________

नवौँ तहका लेखा शाखाका उपसचिव कृष्णबहादुर शाहीले सामाजिक सञ्जालमार्फत यस्तो अनियमितता उजागर गरेका हुन्। उनका अनुसार कार्यालय समयभित्रै सम्पन्न भएका बढुवा समितिका बैठकलाई अतिरिक्त समय देखाउँदै भत्ता भुक्तानीका लागि दबाब दिइन्थ्यो।

शाहीले उक्त कार्य अस्वीकार गरेपछि आफूलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा सरुवा गरिएको बताएका छन्। चैत ३० गते प्रमुख सचिव बैकुण्ठप्रसाद अर्यालले उनको सरुवा गरेको जनाइएको छ।

घटना सार्वजनिक भएसँगै प्रदेश सरकारभित्रको पारदर्शिता र प्रशासनिक नैतिकतामाथि गम्भीर प्रश्न उठेको छ। मुख्य सचिवसँग सम्पर्क गर्न खोज्दा फोन अफ रहेको र सूचना अधिकारी बिदामा रहेको बताइएको छ।

यस प्रकरणले सुदूरपश्चिम प्रदेशमा सुशासनको अवस्थामाथि थप बहस चर्किने देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

यो पनि पढ्नुहोस

बोइलर कुखुराको मासु खाँदा दुई जनाको मृत्यु
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
महेन्द्रनगर पुनर्स्थापनाको माग गर्दै हस्ताक्षर अभियान सुरु
बैतडीमा दुई मोटरसाइकल ठोक्किँदा गम्भीर घाइते भएका जनकको मृत्यु
बाबुले नै गल्ती गरे पनि छाड्दिनँ : गृहमन्त्री गुरुङ
बिदाका दिन पनि अत्यावश्यक सार्वजनिक सेवा प्रवाह हुने
कुकरले कुकुरलाई टोक्दा मान्छेको ज्यान गयो! धनगढीमा सनसनीपूर्ण घटना
माता तीर्थ औंसीको शुभकामना दिँदै प्रधानमन्त्री बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
आज आमाको मुख हेर्ने दिन
0
Would love your thoughts, please comment.x
()
x