बाबुले नै गल्ती गरे पनि छाड्दिनँ : गृहमन्त्री गुरुङ

काठमाडौं । आफ्नै बाबुले नै गल्ती गरे पनि नछाड्ने गृहमन्त्री सुधन गुरुङले बताएका छन् ।

__________ बिज्ञापन____________

 

बिहीबार साँझ सुरक्षा पत्रकारहरुसँगको भेटघाटका क्रममा गृहमन्त्री गुरुङले उक्त कुरा बताएका हुन् ।

 

‘म गल्ती गर्ने कसैलाई छाड्दिनँ । मेरै बाबुले नै गल्ती गरेको भए पनि छाड्दिनँ,’ गुरुङले भने ।

गल्ती गर्नेलाई अनुहार नहेरी कारबाहीको दायरामा ल्याउने काम भइरहेको उनले बताएका छन् ।

भीआईपीलाई अदालतले छाडेको भने उनले असन्तुष्टि पोखे ।

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अधक्ष्य केपी शर्मा ओलीलाई रातभर आफू र सुरक्षा निकायका प्रमुख तथा कर्मचारीहरु खटिएर समातेको तर अदालतले छाडेकोमा उनले असन्तुष्टि पोखे ।

‘रातभर दुई आईजीपी म बसेर काम गर्‍यौं । अहिले स्वाट्ट अदालतले छाडिदियो । हाम्रो दु:ख खेरे गयो’, उनले भने ।

विभिन्न कानुनका कुराहरू आउँदा रहेछन् । अहिले म यसरी काम गरेको छु आफैं कानुन अध्ययन गर्न थालेको छु । ‘अब भोलिका दिनमा समाउँदा यो कारण, यो कानुनले छाड्न मिल्दनै भनेर कम्तीमा भन्न त पाइयोस्,’ उनले भने ।

 

अहिले यही कारणले गर्दा भीआईपीमाथिको कारबाहीमा केही सुस्त जस्तो देखिए पनि गल्ती गर्नेलाई कारबाही गर्न भने नरोकिने उनले बताए ।

 

‘अहिले कानुन अध्ययन गरिरहेको छु । भोलि समाउँदा अदालतले छाड्न नसक्ने गरी काम गर्न लागिएकाले भीआईपीमाथिको कारबाही सेलाए जस्तो देखिएको हो । तर गल्ती गर्नेलाई कारबाही रोकिँदैन

,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

यो पनि पढ्नुहोस

बोइलर कुखुराको मासु खाँदा दुई जनाको मृत्यु
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
महेन्द्रनगर पुनर्स्थापनाको माग गर्दै हस्ताक्षर अभियान सुरु
बैतडीमा दुई मोटरसाइकल ठोक्किँदा गम्भीर घाइते भएका जनकको मृत्यु
बिदाका दिन पनि अत्यावश्यक सार्वजनिक सेवा प्रवाह हुने
कुकरले कुकुरलाई टोक्दा मान्छेको ज्यान गयो! धनगढीमा सनसनीपूर्ण घटना
कार्यालयमै ‘फर्जी भत्ता काण्ड’ : अस्वीकार गरेपछि उपसचिवको सरुवा
माता तीर्थ औंसीको शुभकामना दिँदै प्रधानमन्त्री बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
आज आमाको मुख हेर्ने दिन
0
Would love your thoughts, please comment.x
()
x