कुकरले कुकुरलाई टोक्दा मान्छेको ज्यान गयो! धनगढीमा सनसनीपूर्ण घटना

धनगढी । कुकुरले टोकेको विषयलाई लिएर धनगढीमा एक व्यक्तिको ज्यान गएको घटनाले सनसनी मच्चिएको छ। धनगढी–१ लक्ष्मीनगरका ५६ वर्षीय पतिराम चौधरीको मृत्यु भएको हो।
परिवारका अनुसार छिमेकी महेश श्रेष्ठले “कुकुर मरेको देखाउँछु” भन्दै राति घरबाट बोलाएर लगेपछि कुटपिट गरी हत्या गरेका हुन्। मृतककी श्रीमती रुपा चौधरीका अनुसार पहिलो पटक राति करिब ९:३० बजे रिसाउँदै आएका श्रेष्ठले “खुनको बदला खुन” लिने धम्की दिएका थिए भने दोस्रो पटक करिब ११ बजे पुनः बोलाएर लगेका थिए।
आधा घण्टासम्म नफर्किएपछि परिवार श्रेष्ठको घर पुग्दा चौधरी सिढीमुनि अचेत अवस्थामा भेटिएको र शरीरमा चोटपटक देखिएको उनीहरूको दाबी छ। तत्काल अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
यता, आरोपित श्रेष्ठ पक्षले भने कुटपिट नभएको दाबी गर्दै सिढीबाट लडेर चौधरी बेहोस भएको बताएका छन्।
घटनापछि प्रहरीले महेश श्रेष्ठलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ। मृतकको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ भने परिवारले हत्या भएको भन्दै किटानी जाहेरी दिने तयारी गरेको छ।
मजदुरी गर्दै आएका चौधरीको मृत्युले परिवार शोकमा डुबेको छ भने घटनाले स्थानीय क्षेत्रमा त्रास फैलिएको छ।

__________ बिज्ञापन____________

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

यो पनि पढ्नुहोस

बोइलर कुखुराको मासु खाँदा दुई जनाको मृत्यु
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
महेन्द्रनगर पुनर्स्थापनाको माग गर्दै हस्ताक्षर अभियान सुरु
बैतडीमा दुई मोटरसाइकल ठोक्किँदा गम्भीर घाइते भएका जनकको मृत्यु
बाबुले नै गल्ती गरे पनि छाड्दिनँ : गृहमन्त्री गुरुङ
बिदाका दिन पनि अत्यावश्यक सार्वजनिक सेवा प्रवाह हुने
कार्यालयमै ‘फर्जी भत्ता काण्ड’ : अस्वीकार गरेपछि उपसचिवको सरुवा
माता तीर्थ औंसीको शुभकामना दिँदै प्रधानमन्त्री बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
आज आमाको मुख हेर्ने दिन
0
Would love your thoughts, please comment.x
()
x