कैलालीको सीडियोमा हमाल आउने

धनगढी। कैलालीको प्रमुख जिल्ला सिडिओ धर्मेन्द्र कुमार मिश्रलाई सुनसरी सरूवा गरे संगै अब गृह मन्त्रालयका सहसचिव गोगनबहादुर हमाल आउने भएका छन्। उनी गृह मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखा प्रमुख थिए। त्यस्तै सुनसरीका सिडिओ रामचन्द्र तिवारीलाई गृह मन्त्रालय तानिएको छ। कैलालीमा सिडिओको जिम्मेवारी सम्हाल्न आउन लागेका हमालले यसअघि केही समय सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयको सचिवको जिम्मेवारी […]
डडेल्धुरमा आगो ताप्ने क्रममा जलेर एक महिला घाइते

डडेल्धुरा। डडेल्धुरमा आगो ताप्ने क्रममा जलेर एक महिला घाइते भएकी छन्। जिल्लाको अमरगढी नगरपालिका–१ भेटाकी ८० वर्षीया चन्दादेबि ऐर जलेर घाइते भएकी हुन्। आफ्नै घरमा आगो ताप्ने क्रममा ऐरले लगाएको कपडामा अचानक आगो लाग्दा उनी जलेर घाइते भएकी हुन्। घाइते चन्द्रदेवीको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।
बझाङमा २१ वर्षीया एक गर्भवती महिलाको बिचबाटोमै मृत्यु

बझाङ। बझाङमा २१ वर्षीया एक गर्भवती महिलाको बिचबाटोमै मृत्यु भएको छ। जिल्लाको केदास्युँ गाउँपालिकाकी गर्भवती महिलाको मृत्यु भएको हो। अत्यधिक रक्तस्रावका कारण केदारस्युँ गाउँपालिका–१ डुडिलका उमेश बोहराकी श्रीमती सविता बोहराको अस्पताल लैजाने क्रममा सोमबार बिचबाटोमै मृत्यु हो। गर्भावस्थामा रहेका कारण उनलाई तत्काल अस्पताल पुगाउनुपर्ने थियो। तर बिचबाटोमै उनले बच्चा जन्माएकी थिइन। बच्चा जन्मिएको केही समयमै दुबै […]
कञ्चनपुरकी १४ वर्षीया एक किशोरी २१ दिनदेखि बेपत्ता

धनगढी । कञ्चनपुरकी १४ वर्षीया एक किशोरी २१ दिनदेखि बेपत्ता भएकी छन् । जिल्लाको वेदकोट नगरपालिका–७ सुडाका भीमदत्त भट्टकी छोरी प्रतिभा भनेर चिनिने प्रिया भट्ट पुस १ गतेदेखि बेपत्ता भएकी हुन् । पारिवारिक स्रोतका अनुसार पुस १ गते प्रिया घरबाटै बेपत्ता भएकी त्यसपछि धनगढी आफन्तको घर बसेको भएपनि त्यहाँबाट समेत हराएकी छन् । उनको परिवारले प्रियालाई […]
धनगढीमा १८ वर्षीया युवतीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

धनगढी। धनगढीमा १८ वर्षिया युवतीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–१२ बस्ने युवतीमाथि जबरजस्तीकरणी गरेको अभियोगमा गौरीगंगा नगरपालिका–६ बनबेहडाका २७ वर्षीय अशोक भनिने हरिराम चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार युवतीले युवकले आफूलाई धनगढीको जाखोर तालको जंगलमा लगेर पटक–पटक करणी गरेको भन्दै किटानी जाहेरी दिएकी थिइन्। […]
टीकापुरमा पुस २५ गते देखि महोत्सव हुने

धनगढी । कैलालीको टीकापुरमा पुस २५ गते देखि महोत्सव हुने भएको छ । टीकापुर उद्योग वाणिज्य सङ्घको आयोजनामा टीकापुर महोत्सव आयोजना गर्न लागिएको हो । ‘औद्योगिक, सांस्कृतिक, शैक्षिक, कृषि एवं पर्यटकीय सम्भावना, समृद्ध सुदूरपश्चिमको परिकल्पना’ भन्ने नाराका साथ सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा टीकापुर महोत्सव आयोजना गरिएको वाणिज्य सङ्घका महासचिव नवराज रिमालले बताए । महोत्सवभित्र […]
चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

बाजूरा । बाजुराबाट चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला अदालत बाजुराको फैसलाले चोरी मुद्दामा १ महिना ६ दिन कैद सजाय तोकेका ३७ वर्षीय वीर बहादुर अयडी पक्राउ परेका हुन । उनलाई आइतबार जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरी टोलीले घरबाटै पक्राउ गरेको थियो ।
कृष्णपुरमा राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको तयारी अन्तिम चरणमा

लाल बहादुर एस के कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा भोलि पुस २३ गतेदेखि सुरु हुने १५औँ राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । यो प्रतियोगिता कृष्णपुर नगरपालिका-२ वाणीस्थित सरस्वती माध्यमिक विद्यालयको प्राङ्गणमा सम्पन्न हुनेछ । प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्नका लागि आवश्यक सम्पूर्ण तयारीहरू तीव्रताका साथ गरिरहेको कृष्णपुर नगरपालिकाले जनाएको छ । […]
सुदूरपश्चिमका लेखा समूहका कर्मचारी आन्दोलित, २५ पुष देखि पेडाउन

धनगढी । सुदूरपश्चिम प्रदेशमा लेखा समूहका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । आइतबार सुदूरपश्चिम प्रदेश सरकार अन्तरगत कार्यरत लेखा समूहका कर्मचारीको बैठकले वृत्ति विकासको माग गर्दै आन्दोलन गर्ने निर्णय गरेको हो । २५ पुसदेखि पेन डाउन गरेर लेखाका कार्यालयमा धर्ना दिने र आवश्यकताअनुसार आर्थिक मामिला मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा धर्ना दिने निर्णय समेत गरिएको […]
धनगढी र गोदावरी बाट तिन लाख बराबरका भन्सार छलीका सामान बरामद

धनगढीः कैलालीको धनगढी र गोदावरी बाट तिन लाख बराबरका भन्सार छलीका सामान बरामद गरिएको छ। धनगढी उपमहानगरपालिका–२ वालुवाघाट, शिसा पोष्ट , त्रिनगर ब्यारेल, धनगढी उपमहानगरपालिका–३ ट्राफिक चौराह र गोदावरी नगरपालिका–१ पुर्व रोडबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ३ लाख १४ हजार ५० बराबरको सामान बरामद गरिएको हो। उक्त रकम बराबरका भन्सार छलीका […]
धनगढीबाट लागूऔषधसहित दुई जना पक्राउ

धनगढी। कैलालीको धनगढीबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–१३ राजपुरबाट गोदावरी नगरपालिका–३ बस्ने २० वर्षीय सुबास थापा १२० मिलिग्राम लागूऔषध (खैरो हेरोइन)सहित पक्राउ परेका छन्। यसैगरी धनगढी उपमहानगरपालिका–१३ राजपुर आयुर्वेदिक अस्पताल नजिकबाट सोही ठाउँ बस्ने १८ वर्षीय किशोर ६४० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेका छन्। यी दुबै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको […]